अब डिसहोमको फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि

सहयात्रा टिभी

काठमाडौं । असार २०, डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्ये सबैभन्दा बढी प्रयोगकर्ता भएको लोकप्रिय नेटवर्क मानिन्छ । डिस मिडिया नेटवर्क लिमिटेडले विगत ६ महिनादेखि डिएच फाइवर नेटको सेवा सुरु गरेको छ ।

डिस मिडिया नेटवर्कले मुख्यतयाः २/३ वटा ‘प्रोडक्ट’हरू मार्फत ग्राहकहरूको सेवा गरिरहेको छ । डिसहोमले अल्ट्रा, स्मार्ट, एचडी प्लस लगायतका सेवा विगत १० वर्षदेखि निरन्तर रुपमा दिइरहेको छ ।

ग्राहकहरुको इन्टरनेट प्रतिको मागलाई नै सम्बोधन गर डिस मिडियाले फाइवरनेट ल्याएका थियो । काठमाडौंबाट विस्तार भएको इन्टरनेट सेवा हाल बुटवलबर्दिवासमा पनि संचालन गरीएको छ ।

डिसहोम फाइबरनेट बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आर्दशनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दिपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेश क्याम्प, रामनगर एरिया, बुटवल चौराहामा उपलब्ध छ ।

त्यसैगरी, बर्दिवासमा भने लालगढ हस्पिटल चोक, लालगढ घनौजी, लालगढ पानीट्यान्की, लालगढ सुनौलो बस्ती, लालगढ श्रेष्ठ टोल, लालगढ आर्दश टोल, लालगढ बाल टोल, बर्दिवास सिन्धुली रोड, बर्दिवास यातायात, हमाल टोल, जनता मा वि स्कुल, बुद्ध चोक, बर्दिवास औराही रोड, बर्दिवास बजार, संगम बस्ती, गौतम होटेल, चोधरी मार्केट। गलटार। नमुना बस्ती। र्बगाच्छी टोल, गौरीडाँडा, गौरीडाँडा १६ बिघा, ढुंगाना टोल गौरीडाँडा, रेडियो नेपाल गौरीडाँडामा उपलब्ध रहेको छ ।

 

 

प्रकाशित : 4 July, 2021

प्रतिक्रिया दिनुहोस्