विश्वका सबैभन्दा जेठो व्यक्ति, गिनिज वर्ल्ड रेकर्डद्धारा विश्वकै पुरानो मान्छे पुष्टि

काठमाडौं । असार २०, एमिलियो फ्लोरस मार्क्जेज जसको हालै १ सय १३ औं जन्मदिन मनाईएको छ । गिनिज वर्ल्ड रेकर्डले हालै उनलाई विश्वकै सबैभन्दा पुरानो मान्छेको रूपमा पुष्टि गरेको हो।
मार्क्जेज सन् १९ सय ८ अगस्ट ८ तारिखमा क्यारोलिना, पोर्टो रिकोमा जन्मीएका हुन् । उनि गत बुध्दवार १ सय १२ वर्ष र २६ दिन पुगेको गिनीज वर्ल्ड रेकर्डले घोषणा गरेको थियो। मार्केज आफ्नो मातापिताका ११ छोरामध्ये दोस्रो ठूलो थिए। उनको १०१ बर्षको उमेरमा पेसमेकर इम्प्लान्ट गर्न शल्यक्रिया गरिएको थियो। उनि अझै बलियो भएको र उनको राम्रो स्वास्थ्य राम्रो भएको समाचारमा जनाईएको छ।