टोकियो ओलम्पिक दर्शक विना नै सुरु

सहयात्रा टिभी

काठमाडौं । असार २५, यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै हुने भएको हो ।

कोरोना महामारीलाई ध्यानमा राख्दै बिहीबार जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो मेट्रोपोलिटानबीच बैठकले दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

जापान सरकारले टोकियोमा संकटकाल लागू गरेपछि ओलम्पिकमा दर्शकलाई निषेध गर्ने निर्णयमा आयोजक पुगेको हो ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड–१९ को डेल्टा भेरियन्ट फेलिरहेकाले टोकियोलाई सुरक्षित राख्न आवश्यक रहेको बताएका छन् ।

 

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्