अत्यन्तै दुःखद खबर, चट्याङ पर्दा ६८ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार २८, भारतको उत्तर प्रदेश, मध्यप्रदेश तथा राजस्थानका विभिन्न स्थानमा चट्याङ पर्दा ६८ जनाको मृत्यु भएको छ।

यूपी सरकारका अनुसार प्रयागराजमा सबैभन्दा बढि १४ जनाको मृत्यु भएको छ भने कानपुर र फतेहपुरमा १० जनाको, कौशाबीमा ४ जनाको, फिरोजाबादमा ३ जनाको मृत्यु भएको छ।

त्यसैगरी २२ जना घाइते हुँदा २ सय भन्दा धेरै चौपाया मरेका छन्। त्यस्तै राजस्थानमा २० जनाको मृत्यु भएको छ। चट्याङलागेर दर्जनौं पशु चौपाया समेत मरेका छन्।

प्रकाशित : 12 July, 2021

प्रतिक्रिया दिनुहोस्