ओलम्पकको सुरक्षालाई मध्यनजर गर्दै जापानमा आपतकालीन घोषणा

सहयात्रा टिभी

काठमाडौं । असार ३१, जापान सरकारले यही जुलाई २३ तारिखदेखि सुरु हुने ओलम्पकको सुरक्षालाई दृष्ट्रिगत गरी आपतकालीन अवस्था घोषणा गरेको छ।

सो आपतकालीन घोषणा २२ अगस्त सम्म लागू रहनेछ।

‘२०२० फ्यान पार्क’ र ‘२०२० फ्यान एरेना’ मा सार्वजनिक पहुँच बन्द गरिएको छ। यसैगरी खेलाडीहरुको प्रशिक्षण सत्र अब सर्वसाधारणका लागि खुला हुँदैनन। २०२० फ्यान पार्क ‘प्लेग्राउन्ड’ मा आयोजना हुने खेलका सुरुका सत्रहरू रद्द गरिने भएको छ।

नागरिकहरूलाई आपतकालको स्थितिमा अनावश्यक रूपमा बाहिर जानबाट सरकारले रोक लगाएको छ। ओलम्पिकमा खेलका बेला खाना र पेय पदार्थहरू लैजान समेत निषेध गरिएको छ। एजेन्सीको साथमा

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्