चीनमा बाढीका कारण १२ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन ६, चीनमा बाढीको कारण १२ जनाको मृत्यु भएको छ ।
बाढीका कारण स्थानीय बासिन्दा घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।
अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
त्यस्तै बाढीका कारण सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ ।