भारतमा कोरोना संक्रमितको संख्या बढ्दो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन ६, भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।
मंगलबार ४२ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ८५७ जना निको भएका छन् । सोही अवधिमा थप ३ हजार ९९८ जनाले ज्यान गुमाएका छन् ।
उक्त संख्या महाराष्ट्रले यसअघि ज्यान गुमाएकाहरुको संख्या थप गरेपछि बढी देखिएको थियो । त्यहाँ पछिल्लो दिन १४७ जनाको मृत्यु भएको थियो भने ३ हजार ५०९ जनाको पुरानो मृत्युको संख्या थप गरिएको थियो ।
भारतमा हालसम्म ३.१२ करोड संक्रमित भइसकेका छन् भने ३.०३ करोड निको पनि भएका छन् । हालसम्म भारतमा ४.१८ लाखको मृत्यु भइसकेको छ ।