निराशावादी नागरिकलाई काङ्ग्रेस नेतृत्वको सरकारले आशा जगाउन सफल होस
काठमाडौं । साउन ७, भनिन्छ ब्यक्तिको जिबनमा अनगिन्ती अबसर आउछन् ।तर त्यसलाई चिन्न सक्नुपर्छ थाहा पाउन सक्नुपर्छ ।सस्थाको जिबनमा पनि त्यही हो।कुनै पनि सामाजिक या राजनैतिक सास्थाले प्राप्त अबसरलाई अधिकतम उपयोग गर्न सक्नु या जान्नुपर्छ।
यी अबसर आफैद्वारा सिर्जित जे पनि हुन सक्छन ।मेहनत योग्यता र निरन्तरताले अबसरको सिर्जना भइ उपलब्धि हासिल हुन्छ ।एकातिर भने प्रतिद्वन्दी या प्रतिस्पर्धाको अबसर गौरवपुर्ण र आत्मसम्मानयुक्त हुन्छ भने अरुको असफलताबाट प्राप्त अबसर धेरै दिगो हुदैन।
त्यस अबसरप्रती गहिरो प्रेमसमेत हुदैन र टिकाइराख्न गम्भीर प्रयत्न समेत गरिदैन । तथापि यी सबै अबसर नै हुन
यो बिषय यतिबेला काङ्ग्रेस पार्टिका हकमा लागू हुन्छ । इतिहासको घटनाक्रमलाई नियालेर हेर्दा ढ्ग नपुग्दा गम्भीर चुनौती खडा भएको पाइन्छ गत सरकारको काम गराएपछि ।
स्वतन्त्र जनमतमा विश्वास नगर्न राजनितीक दल के.पि ओलि र प्रचण्ड (पुस्प कमल दाहाल) ले सरकार बनाउने ठाउमा पुगे। यसलाई लोकतान्त्रिक मुल्य र मान्यताको सैद्धान्तिक जित ठानिए पनि प्रणालीको ब्यबहारिक असफलता थियो धुन्धुकारी सन्तानले घरको तालाचाबी पाएजस्तो यो घटना बिश्व राजनैतिक दुर्लभ तर नकारात्मक घटना थियो । तर कहिलेकाही त्यस्ता घटनालाई तत्कालिन असफलताका रुपमा चित्रण गर्दा अबसरमा बदल्न सकिन्थ्यो।
बिश्वब्यापी कुट्नितिज्ञ, अर्थशास्त्री तथा राजनीतिविज्ञ कौटिल्य अर्थात चाणक्यको एउटा बिचार साच्चै सारर्भित र कालजयी छ । जतिसुकै लोकप्रिय बिद्दवान धनी र सुरबिर भए पनि उससग सुस्पष्ट योजना ,पर्याप्त स्रोत र सुधृढ संगठन छैन भने उसले उदेश्य प्राप्त गर्न सक्दैन ।
काङ्ग्रेसले नेपालको राजनितिक इतिहासमा धेरै परिक्षा दिनु पर्यो।हरेक परिक्षामा संतोषजनक परिमाण प्राप्त भए पनि। अहिले फेरि त्यो घडी आएको छ। सिङ्गो लोकतान्त्रिक जनमतलाई चितबुझ्दो जवाफ दिएर युवा पुस्तालाई चकित पार्न।
राजनीतिक दलहरु अजर, अमर र कालजयी सस्था हैनन।समय चेतना, रास्ट्रीय आवश्यकता र सामाजिक जागरुकले पैदा भएका राजनितीक सस्थाहरु हुन। आज काङ्ग्रेसको सन्द्रभमा विभिन्न क्रान्ति र परिवर्तनको नेतृत्व गरिसकेको यस दलले आफ्नो चौधौं महाधिबेशनको सघार र मुलुकमा बरालिएको राजनीतिलाई स्थिरता तर्फ उन्मुख हुनुपर्छ ।
विषम कठिन परिस्थितिमा उभिएको यस महत्त्वपूर्ण घडीमा अब के गर्नुपर्छ त भन्ने छलफल जनस्तरमा चलेको नै छ। देउवा नेतृत्वको सरकारका निर्णय कार्यनयनलाई नियालेर हेरेको पाइन्छ ।घतलाग्दो कुरा यहा अन्य दलका अध्यक्ष र सदस्य समेत काङ्ग्रेसलाई सल्लाह सुझाव दिन पछि परेको छैनन। नेपाली जनताको ध्यान काङ्ग्रेस नेतृत्वको सरकार तर्फ सोझिएको छ । त्यति मात्र हैन उनिहरुले सरकारबाट निकै आशा समेत गरेका छन ।
कांग्रेस महाधिवेशनको संघारमा उभिएको छ । तालिका सार्बजनिक भएको छ । मलाई लाग्छ काङ्ग्रेसले आफ्ना कमजोरी हटाएर आधुनिक ब्यबस्थापनद्धारा सुदृढ भएको सर्वाधिक पुरानो एतिहासिक लोकतान्त्रिक दल काङ्ग्रेसले देश चलाउने छ र मुलुकमा ब्याप्त राजनीतिक किचलो हटाउने छ।
काङ्ग्रेस पार्टीका अग्रज ब्यक्ति हामी सबै नेपालिका अभिवाबक बि।पि लाई हेर्ने हो भने, उहाले आफ्नो जिबिकालमै पार्टिको बागडोर आफ्ना उताराधिकारिलाई सुम्पनुभएको थियो। नेपाली काङ्ग्रेस प्रतिबन्धित अबस्थामा रहेकै बेला किसुनजी लाई पार्टिको कार्यबाहक सभापति तोक्नुभएको थियो यो एतिहासिक घटनाका साक्षी अहिलेका सम्पुर्ण दलका नेताहरु स्वयं हुनुहुन्छ । यो नेतृत्व हस्तान्तरणको सुनौलो उदाहरण थियो। त्यतिबेला वि.पि कोइराला मात्र होइन पार्टिका अर्को नेता सुबर्णशमशेर पनि जिबितै हुनुहुन्थ्यो। त्यस्तै गणेशमान सिह र सुर्यप्रसाद उपाध्याय समेत अग्रणी र सम्मानित नेताका रुपमा हुनुन्थ्यो ।
त्यसैले आजको आम सरोकार काङ्ग्रेसको चौधौं महाधिवेशनले कसरी नेतृत्व चयन गर्ला र कसलाई गर्ला भन्ने नै रहेको छ।यस सन्दर्भमा पार्टी नेतृत्वले गहिरो सुझबुझ राख्न सक्नुपर्छ। यसलाई समकालीन समाजको चेतनशील जगतले सुक्ष्मरुपमा अबलोकन गरिरहेको छ। काङ्ग्रेसले नेपालको राजनीतिक इतिहासमा थुप्रै परिक्षा दिएपनी परिक्षामा संतोषजनक नतिजा प्राप्त हुन पनि विविध कारणले हुन सकेनन । चाहे त्यो २००७ सालको परिवर्तन होस, २०४६ साल, २०६२/६३को परिवर्तन होस संविधान निर्माण २०७२ र कार्यान्वयनका लागि २०७४ का संघ स्थानिय तह र प्रदेशको निर्वाचन ।
अहिले नेतृत्व गर्ने त्यो घडी आएको छ। सिङ्गो लोकतान्त्रिक जनमतलाई चितबुझ्दो जबाफ चितबुझ्दो काम गरेर युवा पुस्तालाई साच्चै चकित पार्ने छ। नेपाली नागरिकको समृद्धिको सपनालाई साकार पार्न तर्फ उद्द्त हुने बेला आएको छ । त्यसैले अहिले काङ्ग्रेसको काधमा ठुलो जिम्मेवारी देखिन्छ ।
त्यसैले निराशावादी नागरिकलाई काङ्ग्रेस नेतृत्व सरकारले आशावादी रुपान्तरण गर्न सकोस्।हिजो २०७४ मा तीन तहको निर्वाचन सम्पन्न गरेर इतिहास निर्माण गरेका पार्टी सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वले नागरिक आवाजलाई सम्बोधन गरेर मुलुकमा देखिएको राजनीति तरलताको उचित व्याव्स्थापन हुन सकोस् । सबै क्षेत्रमा नागरिकले राहत खोजेका छन् । खोप तपाईं पहिलो प्राथमिकतामा परेको छ जुन अत्यन्तै राम्रो छ । अधिकतम सहमति गर्नुहोस् तपाईंलाई इतिहास सम्मान गर्ने छ ।
–लेखकः अनुसा ढुङ्गाना, नि .बि. संघ नेतृ ।