अब ओलाको विद्युतीय स्कुटर १० भिन्न रंगमा उपलब्ध
सहयात्रा टिभी
काठमाडौं । साउन ८, भारतको ट्याक्सी कम्पनी ‘ओला’ले सार्वजनिक गर्न लागेको ओला विद्युतीय स्कुटर प्रतिक्षित विद्युतीय स्कुटर हो भन्दा फरक पर्दैन।

हालै ओला १० फरक रंगमा सार्वजनिक हुने भएको छ। तीमध्ये कालो, सेतो, निलो र रातो रंगमा स्कुटर सार्वजनिक हुने पक्का भएको अटो हिन्दुस्तानले जनाएको छ।
कम्पनीले गत सातादेखि आफ्नो आधिकारिक वेवसाइटबाट बुकिङ समेत खुलाएको छ।
ओलाले आफ्नो विद्युतीय स्कुटर विभिन्न रंगमा सार्वजनिक गरेसँगै कम्पनीको मार्केटिङ रणनीतिबुझ्न सकिन्छ।
