अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सहयात्रा टिभी
काठमाडौं । साउन १४, अमेरिकामा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलस्का राज्यमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अलस्काको अलस्कान पेनिनसुला टापु क्षेत्रमा स्थानीय समयअनुसार बुधबार राति सवा ८ बजेतिर भूकम्प गएको अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण केन्द्रले जनाएको छ।
भूकम्पसँगै दक्षिणी अलस्का र अलस्कान पेनिनसुलामा सुनामीको खतरा बढेको छ।
तीन घण्टाको अन्तरालमा ठूला सुनामी आउनसक्ने चेतावनी दिइएको छ, सतर्क भएर बस्न आग्रह गरिएको छ।