केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन १७, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।

त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको छ ।

प्रकाशित : 1 August, 2021

प्रतिक्रिया दिनुहोस्