एन्फाका प्रवक्ता किरण राईले पदबाट दिए राजीनामा

काठमाडौं । साउन १८, अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् ।
राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै राईले फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आग्रह गरे ।
अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै राईले अहिले एकले अर्कालाई ‘हिलो छ्याप्ने’ काम बन्द गर्न आग्रह गरेका छन् ।
उनले कुनै व्यक्ति विशेषका कारण नभई फुटबलको विकासका लागि वातावरण बनाउन आफूले राजीनामा दिएको बताए ।