सबै नागरिकले खोप पाउने पहिलो जिल्ला मनाङ
सहयात्रा टिभी
मनाङ । साउन १९, १८ वर्षभन्दा माथिकै सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बन्न सफल भएको छ ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।
कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको छ।
मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले जनाए ।