चट्याङ लागेर १६ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन २१, बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ भने बेहुलासहित १२ जना घाइते भएका छन् ।
मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । अचानक मेघगर्जन पानी पर्न थालेपछि डुंगाबाट एक/एक जना गर्दै ओर्लिएर आश्रय लिन लाग्दा उनीहरुमाथि चट्याङ लागेको बताईएको छ।