एक पछि अर्को सफलताः प्रियंका चोपडा

सहयात्रा टिभी

काठमाडौं । साउन २१, बलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउडबाट करिअर शुरू गरेर हलिउडमा समेत नाम कमाउन सफल भएकी छिन् ।

प्रियंका हालै इटालीको लक्जरी ब्रान्ड बुलगेरीको वैश्विक ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छिन्।

उक्त कम्पनीले एक वक्तव्य जारी गर्दै प्रियंकाले महिला सशक्तीकरण विविधता तथा समावेशी मुद्दामा ध्यान दिँदै संसारभर उक्त ब्रान्डको विस्तारमा सहयोग गर्ने विश्वास रहेको जनाएर इन्स्टाग्राम पोस्टमा उक्त कम्पनीको हार र औँठी लगाएको प्रियंकाको फोटो सेयर गर्दैै उनलाई स्वागत गरेको छ।

प्रियंकाले पनि आफू लक्जरी ब्रान्डका साथ पार्टनरसिपको आशा गरिरहेको समयमा उक्त ब्रान्डको वैश्विक ब्रान्ड एम्बेस्डर नियुक्त भएकोमा निकै गर्व महुसुस गरेको भन्दै इन्स्टाग्राममार्फत आफ्ना फ्यानका साथ खुसी बाँडेकी छिन्।

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्