लारा दत्ता इन्दिरा गान्धीको भूमिकामा

काठमाडौं । साउन २१, बहु प्रतिक्षित फिल्म‘ बेल बटम’ को ट्रेलर सार्वजनिक भएको छ ।
१९ अगस्टमा रिलिज हुने यस फिल्ममा भारतीय जासुस बनेका अक्षय कुमारको साथमा वाणी कपुर, हुमा कुरैशी र लारा दत्ता मुख्य भूमिकामा रहेका छन् ।
ट्रेलरमा नायिका लारा दत्ताको रूपले सबैलाई अचम्मित पारेको छ । फिल्ममा लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छिन् ।
चलचित्र सन् १९८४ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित रहेको छ । लगातार पाँच पटक प्लेन हाइज्याक भएपछि भारत सरकारले यस अप्रेसनका लागि एक जासुस ल्याएको थियो । जसको कोड नाम बेल बटम थियो ।