कारमाथि स्विमङपुलदेखि हेलिप्याडसम्मको सुविधा

काठमाडौं । साउन २२, विश्वको सबैभन्दा लामो कार ‘लिमोजिन’जसलाई ‘अमेरिकन ड्रीम’को उपमा दिईन्छ ।
सो कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेका छन् ।
सो कारको लम्बाई १०० मिटर रहेको छ कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन् ।
त्यस्तै यो कार ९० को दशकमा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले सन् १९८६ मा डिजाइन गरेका थिए । यो कार २६ वटा पांग्राको सहायताले चल्ने गर्दछ । कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड पनि रहेको थियो । उक्त कार लामो समयदेखि न्यू जर्सीको एउटा गोदाममा सडेर रहेको छ । हाल यसको झ्याल र छत टुटिसकेको छ । एजेन्सी