नेपाल चलचित्र कलाकार संघको संयोजनमा कलाकारले लगाए कोरोनाविरुद्धको खोप

सहयात्रा टिभी

काठमाडौं । साउन २४, नेपाल चलचित्र कलाकार संघको संयोजनमा फिल्मकर्मीले कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेका छन् ।

त्यस्तै फिल्मकर्मीका लागि पाटन ढोकास्थित पुरानो अशोक चलचित्र घर परिसरमा खोप कार्यक्रम राखिएको बताईएको छ । बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो ४ बजेसम्म चल्ने कलाकार संघले जानकारी दिएको छ ।

कलाकार संघले खोपका लागि तालिका समेत बनाएको छ । जसमा बिहान ९ देखि १० बजेसम्म कलाकारलाई, ११ देखि १२ बजेसम्म फिल्म निर्माता र सिनेमा हल व्यवसायीलाई, १ देखि २ बजेसम्म प्राविधिकलाई, २ देखि ३ बजेसम्म नृत्य र द्वन्द्व कलाकारलाई, ३ देखि साढे ३ बजेसम्म निर्देशकलाई र साढे तीन बजेपछि जनजाति महासंघ र अन्य संघसंस्थामा आबद्ध रहेका फिल्मकर्मीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

 

प्रकाशित : 8 August, 2021

प्रतिक्रिया दिनुहोस्