एउटा फिल्म खेले बापत कति पारिश्रमिक लिन्छन् त अनमोल केसी?

काठमाडौं । साउन २५, अभिनेता अनमोल केसी नयाँ फिल्म ‘एक्स ९’मा अनुबन्धित भएका छन् ।
उक्त फिल्मका लागि अनमोलले ७५ लाख पारिश्रमिक लिने हल्ला चले तापनि स्रोतका अनुसार अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिकमा फिल्म सम्झौता गरेका हुन् ।
फिल्मका लागि यसअघि बलिउड अभिनेता सुनील सेट्टीलाई पनि अफर गरिएको समाचार बाहिरिएको थियो ।
तर, उनले निकै महँगो पारिश्रमिक माग्ने बुझेपछि निर्माण टिमले बलिउडका अर्का अभिनेता सोनु सुदलाई अफर गर्ने तयारी गरेको छ ।