आगामी सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा ‘मिस नेपाल युएसए २०२१’ आयोजना हुने

काठमाडौं । साउन २७, आगामी सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको न्यूयोर्कमा न्यूयोर्कमा ‘मिस नेपाल अमेरिका २०२१’ आयोजना गर्ने भएको छ ।
आयोजकले आफ्नो १० औं वार्षिक उत्सव भव्य मनाउँदै ‘मिस नेपाल अमेरिका २०२१’ आयोजना गर्न लागेको हो । अभिनेत्री तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा प्रतियोगिताको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएकी छन् ।
सो प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गर्ने गर्दछ । यस कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्र्याउने आयोजकको भनाई छ ।