करिब १६ वर्षपछि भुवन र शिव एउटै फिल्ममा देखिदैँ

सहयात्रा टिभी

काठमाडौं । साउन २७, अभिनेता भुवन केसी निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको वरपीपल’ मा अनुबन्ध भएका छन् ।

दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडि बढ्न नसकेको आगामी भदौ ५ देखि छायांकनमा जो फिल्म ६० दिनमा खिचिने बताईएको छ ।

फिल्ममा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कट्टेल अनुवन्ध भइसकेका छन् ।

करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले वि.सं.२०६२ सालको फिल्म ‘राजु राजा राम’ मा सँगै अभिनय गरेका थिए ।

 

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्