चेल्सीले सुपर कपको उपाधि जित्न सफल
सहयात्रा टिभी
काठमाडौं । साउन २८, बिहीबार बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो युइएफए सुपर कपको उपाधि जितेको छ।

त्यस्तै निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। खेलमा अग्रता चेल्सीले २ औं मिनेटमा हाकिम जियाचको गोलबाट लिएको थियो। ७३औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
पहिलो हाफमा उत्कृष्ट प्रर्दशन गरेको चेल्सीका लागि खेलको अन्तिम समयमा किपा मैदान छिरेका थिए।
चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो। युइएफले हरेक वर्ष सिजन सुरु हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठुला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गर्छ।


