चलचित्र कलाकार अनुपम श्यामको निधन

सहयात्रा टिभी

काठमाडौं । साउन २८, भारतका कलाकार अनुपम श्यामको ६३ वर्षको उमेरमा मृगौलाको रोगबाट निधन भएको छ।

उनि धारावाहिक टेलिचलचित्र मनकि आवाज प्रतिज्ञामा काम गरिरहेका थिए। धेरै चलचित्रमा खेलेका उनले स्लमडग मिलियनेयर तथा बैंडिट क्विन जस्ता चर्चित सिनेमा पनि भूमिका निभाएका थिए।

भारतीय चलचित्र जगतका विभिन्न कलाकारतथा अन्य अधिकारीले उनको निधनले चलचित्र क्षेत्रको एकजना हस्ती गुमाएको धारणा व्यक्त गरेका छन।

प्रकाशित : 12 August, 2021

प्रतिक्रिया दिनुहोस्