सफल भयो साउथ फिल्मका सुपरस्टार प्रकाश राजको शल्यक्रिया

काठमाडौं । साउन २९, बलिउड र साउथ फिल्म क्षेत्रका सुपरस्टार प्रकाश राजको अगस्ट १० मा दुर्घटना भई भाँचिएको हातको शल्यक्रिया सफल भएको छ ।
बुधबार हैदराबादको एक प्राइभेट हस्पिटलमा उनको शल्यक्रिया भएको हो । प्रकाश राजले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आफ्नो हातको शल्यक्रिया भएको जानकारी दिएका हुन् ।