प्रताप दास अभिनित ‘बाफ’ गीत रिलिज

काठमाडौं । साउन ३१, तीनपाते, के माया लाग्छ र ? जस्ता चर्चित गीत र म्यूजकि भिडियोबाट दर्शक तथा स्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले “बाफ” बोलको म्युजिकल फिल्म रिलिज गरेको छ ।
गीतले नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापनदेखि वयस्क हुँदासम्मका रसिक र मौलिक प्रेमकथालाई उजागर गरेको निर्देशक नविन चौहानले बताए ।
‘बाफ ‘ मा गायक प्रताप दासको मुख्य भूमिका रहेको छ भने शिल्पा थापा, नयन नेपाल, सम्रांत थापा, हर्क साउद , रिञ्छेन तामाङ्ग लगायतको अभिनय छ।
तीनपाते, साईली, दुबो फुल्यो जस्ता लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस गीतको संयोजन तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन्।
हेरौं गितको भिडियोः