साउन महिनाको अन्तिम सोमबारः पशुपतिमा भीड (फोटो फिचर)

काठमाडौं । साउन ३२, साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरूको भीड लागेको छ ।
साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरू आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिनाभर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरूमा व्रतालुको भीड लाग्ने गर्दछ ।