दोस्रोपटक आमा बन्दै स्कारलेट

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोहानसन गर्भवती भएको चर्चा गत महिना खुबै चलेको थियो । अहिले स्कारलेटका पति कोलिन जोस्टले अभिनेत्री गर्भवती भएको कुरा स्वीकारेका छन् । उनले स्टेण्डअप कमेडी एक्टको बेला श्रीमति स्कारलेट गर्भवती भएको खबर सार्वजनिक गरेका हुन् ।

स्कारलेटको यो दोस्रो गर्भ हो । उनको ६ वर्षको छोरी छन् । यी छोरी उनको पहिलो विवाहबाट भएको हो । उनका पूर्व पति फ्रेञ्चमेन रोमेन दौरियाक हुन् । फ्रेञ्चमेनसँगको सम्बन्धविच्छेदपछि स्कारलेट र कोलिनले तीन वर्ष डेट गरेका थिए । त्यसपछि उनीहरुले अक्टोबर २०२० मा विवाह गरेका थिए ।

स्कारलेटको निजी जीवन निकै राम्रोसँग चलिरहेको छ । तर उनको व्यावसायिक जीवन भने केही विवादास्पद बनेको छ । उनले डिज्नीमाथि मुद्धा दायर गरेकी छन् । स्कारलेटका अनुसार उनले डिज्नी र मार्वल इन्टरटेनमेन्टका साथ फिल्मलाई थिएटरमा रिलिज गर्न अनुमति दिएकी थिइन् । तर फिल्मलाई डिज्नी प्लसमा रिलज गरेर उनको अनुमतिको उल्लंघन गरिएको थियो । हाल यो मुद्धा अदालतमा चलिरहेको छ ।

–लसएञ्जल्स (आजतक)

 

प्रकाशित : 19 August, 2021

प्रतिक्रिया दिनुहोस्