एक महिलाले विमानमा जन्माइन् बच्चा
सहयात्रा टिभी
काठमाडौं । भदौ ७, एक महिलाले विमानमै बच्चा जन्माएकी छन् ।
अफगानिस्तानकी एक महिलाले अमेरिकी एयरफोर्सको उद्धार उडानको क्रममा बच्चा जन्माएकी छन् ।
आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला उक्त महिलामा प्रसव पीडा सुरु भएको बीबीसीले उल्लेख गरेको छ ।
उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको चाप बढोस् र ती महिलाको ज्यान बचाउन सहयोग होस् ।
युएस एयरफोर्सको सो विमान जर्मनीको रामस्टीन एयर बेसमा अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आएर बच्चा जन्माउन सहयोग गरेको थियो ।