नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । भदौ ७, नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सोमबार सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सोमबार सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।
क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । ती मध्ये आदर्श पोखरेलले बनाएको डिजाइन छनौट भएको क्यानले जनाएको छ । पोखरेलले क्यानबाट नगद पुरस्कारसमेत प्राप्त गरेका छन् ।