तालिबानलाई जी७ मुलुकले करोडौं रुपैयाँ दिने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ ९, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी७ का तर्फबाट तालिबानलाई मंगलवार करोडौं रुपैयाँ दिने घोषणा गरेको बताईएको छ । तर त्यो रकम पाउनका लागि तालिबानले केही शर्त पूरा गर्नुपर्नेछ ।
त्यस्तै जी७ को आकस्मिक भर्चुअल बैठकको नेतृत्व गर्दै जोनसनले तालिबान नेताहरूको रोक्का गरिएको रकम खोल्नका लागि बालिका शिक्षालाई अनुमति दिनुपर्ने, देशमा आतंकवादी गतिविधि गर्न दिन नहुने र हेरोइनको व्यापार रोक्नुपर्ने शर्त राखेका छन् ।
त्यस्तै जी७का नेताहरूले जारी गरेको बयानमा मानवीय सहायताका लागि यो रकम लगानी गरिने जनाए ।
इन्टरनेसनल मोनेटरी फन्डले आकस्मिक सञ्चितिमा राखेको ३३ करोड पाउन्ड रकममा अफगानिस्तानको पहुँचलाई रोकेको खबर केही दिनअघि आएको थियो । एजेन्सीको साथमा ।