क्रिकेटर सन्दीप लामिछाने बिग बास लिग खेल्दैँ

काठमाडौं । भदौ १०, नेपाली क्रिकेटर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् ।
बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय भएको छ ।
होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई होबार्टले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए ।
सन्दीपले अष्ट्रेलिया गएर हुरिकेन्सबाट खेल्न आफू तयार रहेको बताएका छन् । क्रिक इन्फोसाग कुरा गर्दै उनले गत सिजन होबार्टबाट खेल्दा आफूले निकै मज्जा लिएको र यस सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन् ।