जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को निधन

काठमाडौं । भदौ १०, जेबी टुहुरेको नामले परिचित जनवादी गायक जुठबहादुर खड्गीको ७८ वर्षको उमेरमा बिहीवार निधन भएको छ ।
मस्तिष्कघात भएपछि टुहुरेलाई केही दिनअघि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । २०७० सालमा माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य बनेका टुहुरेका ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ ।।।’ लगायत दर्जनौं गीत प्रख्यात छन् ।