स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको कठिन जित

काठमाडौं । भदौ १३, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि कठिन जित निकालेको छ ।
शनिबार राति भएको उक्त खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो ।
त्यस्तै रियलको जितमा ड्यानी कार्भाजलले ६१ औं मिनेटमा विजयी गोल गरेका थिए । केलियन एम्बाप्पे रियल आउने चर्चाका बीच रियलले संघर्षपूर्ण जित निकालेको हो । रियलले ७ अंक सहित शीर्ष स्थान कब्जा गरेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको समान अंक छ ।