ज्योति मगरको गीत ‘माइतीको माया बरिलै’ सार्बजनिक (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । भदौ १४, चर्चित गायिका ज्योति मगरले पनि तीज गीत ल्याएकी छिन् । तर, उनीमाथि नेपाली लोकगीतमा छाडापन ल्याएको आरोप लाग्ने गरेको छ ।

ज्योति प्रायः दोहोरो अर्थ लाग्ने शब्द भएका गीतहरु गाइरहेकी हुन्छिन् । ज्योतिले गत शनिबार तीज गीत सार्वजनिक गरेकी छिन् । तर, गीत रिलिज भएको तीन दिनसम्म पनि उक्त गीतको चर्चा भने खासै भएको छैन् । तीन दिनमा गीतलाई ४८ हजारले हेरेका छन् ।

ज्योतीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा पनि उनकै अभिनय देख्न पाइन्छ । गीत ज्योती मगर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेरौं गितको भिडियोः

प्रकाशित : 30 August, 2021

प्रतिक्रिया दिनुहोस्