निसानद्धारा ‘निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, निसान कम्पनीले जापानमा उत्पादन गरेको बिधुतिय बाहन ’निसान लिफ’ अब काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध गराएको छ ।

नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता ‘पायोनीयर मोटो कर्प’ ले निसान लिफको टेस्ट ड्राइभको लागि यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म ‘निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ संचालन गर्न गइरहेको बताईएको छ ।

सो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ ।

नेपाल भित्रिनु भन्दा पहिले नै यो गाडीको विश्वभर १० बर्षभन्दा बढी परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाख भन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने निसान लिफ ले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ ।

 

प्रकाशित : 12 September, 2021

प्रतिक्रिया दिनुहोस्