ताप्लेजुङमा कोरोना सङ्क्रमण दर घट्यो

सहयात्रा टिभी

ताप्लेजुङ । भदौ ३०, बढदै गएको कोरोना संक्रमण ताप्लेजुङमा घटेको पाइन्छ । पछिल्लो समय हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् ।


प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उहाँको भनाइ छ ।

सङ्क्रमणको दर घटेसँगै गएको सोमबारदेखि निषेधाज्ञा हटाइएको छ । यस्तै पाथीभरा मन्दिरलाई समेत खुलाइने तयारी भएको छ । तत्काल बैठक बसी दर्शनार्थीका लागि मन्दिर खुला गर्ने तयारी भएको  छ ।

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्