कंगना रनौत सीताको भूमिकामा

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छिन्।

मंगलबार निर्माण टोलीले औपचारिक जानकारी दिएसँगै फिल्ममा केन्द्रीय पात्रको भूमिकामा कंगना देखिने पक्का भएको हो।

ठूलो बजेटमा बन्न लागेको ऐतिहासिक फिल्मलाई हिन्दी, तामिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा ल्याउने जनाईएको छ। फिल्ममा हिन्दु धर्ममा आदर्श नारीको रुपमा चिनिने सीताको जीवनकथा देखाइने बताइएको छ।

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्