केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डेढ दर्जन जलविद्युत् कम्पनीले सेयर निष्कासन गर्दौ

सहयात्रा टिभी

काठमाडौं । असोज ०३, डेढ दर्जन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् ।

ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेको बताईएको छ ।

यी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर निष्कासन गर्न लागेका हुन् । हाल विभिन्न क्षेत्रका २० कम्पनीको प्राथमिक निष्कासन बजारमा आउँदै छ । तीमध्ये १२ वटा जलविद्युत् कम्पनी, ४ वटा लघुवित्त र दुईरदुईवटा बिमा र ‘अन्य’ क्षेत्रका कम्पनी रहेका छन् ।

बोर्डको सूचीअनुसार विभिन्न क्षेत्रका २० कम्पनीले ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार रुपैयाँ बराबरको ५ करोड २३ लाख ५७ हजार कित्ता सेयर निष्कासन गर्दै छन् ।

 

प्रकाशित : 19 September, 2021

प्रतिक्रिया दिनुहोस्