चलचित्र प्रेमनाथ युट्युबमार्फत् सार्वजनिक

काठमाडौं । असोज ०३, चलचित्र ‘प्रेमनाथ’ युट्युबमार्फत् सार्वजनिक गरीएको छ ।
फिल्म हलमा प्रदर्शन हुनु भन्दा अगाडि नै बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत् ‘प्रेमनाथ’ सार्वजनिक गरिएको हो ।
निर्माता तथा निर्देशक गणेश बेल्बासले फिल्म हलमा प्रदर्शन अनिश्चित भएकाले युट्युबमार्फत सार्वजनिक गरेको बताए । ‘
चलचित्र ‘प्रेमनाथ’ पहिलो चरणको कोरोना संक्रमणको महामारी अगाडि निर्माण भएको थियो ।
चलचित्र ‘प्रेमनाथ’ नेपाल तथा भारतमा छायांकन गरिएको थियो । लुम्बिनी क्षेत्रमा छायांकन गरिएको एउटा दृष्य हटाउन सेन्सर बोर्डले निर्देशन दिएपछि यो फिल्म रिलिज गर्ने तयारी पछि सारिएको थियो ।