‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिले जित्न सफल

काठमाडौं । असोज ०३, हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले जितेका छन् ।
शनिबार राती सम्पन्न उक्त रियालिटीको अन्तिम विजेताको प्रतिस्पर्धीहरुमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा रहेका थिए । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
विक्की र सन्तोषले प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्मको यात्रा गरेका हुन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की सिक्किमबाट सहभागी भएका हुन् ।