अब दिनको ४० मिनेट मात्र टिकटक चलाउन पाउने

काठमाडौं । असोज ०५, हालै चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनको ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन् ।
टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई समयावधि तोकिएको जानकारी दिएको छ । साथै उक्त उमेर समूहका प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउनेछन् ।
उक्त कम्पनीले युवा उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरेर विज्ञान, संग्रहालय र प्राकृतिक दृश्यसहितका सामग्रीलाई प्राथमिकता दिने पनि बताएको छ ।