केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असोज ६, आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.०८ र खरिद मूल्य ११७.४८ रुपैयाँ तोकिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको मूल्य तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री मूल्य १३८.५८ र खरिद मूल्य १३७.८८ रुपैयाँ कायम भएको छ ।

यसका साथै, एक पाउण्डको बिक्री मूल्य १६१.६२ र खरिद मूल्य १६०.७९ तथा अष्ट्रेलियन डलरको बिक्री ८५.८१ र खरिद ८५.३७ रुपैयाँ तोकिएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ । यस्तै, सिंगापुर डलरको बिक्री मूल्य ८७.४१ र खरिद मूल्य ८६.९६ तथा १० जापानी येनको बिक्री १०.७८ र खरिद १०.७३ रुपैयाँ कायम भएको छ ।

यसैगरी, चिनियाँ युवानको बिक्री १८.२६ र खरिद १८.१७ तथा साउदी रियालको बिक्री ३१.४९ र खरिद दर ३१.३३ रुपैयाँ कायम भएको छ भने कतारी रियालको बिक्री ३२.४३ र खरिद ३२.७ रुपैयाँ तोकिएको बैङ्कले जनाएको छ ।

 

 

 

प्रकाशित : 22 September, 2021

प्रतिक्रिया दिनुहोस्