केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्सेमा उच्च अंकको सुधार

सहयात्रा टिभी

काठमाडौं । असोज ६, आज शेयर कारोबार मापक नेप्से उच्च अंकको सुधार देखिएको छ ।

नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ अंकमा पुगेको छ ।

बुधबार बजारमा बाउन्स ब्याक आएको शेयर बजारका जानकार छोटेलाल रौनियार बताउँछन् । ३ हजार २ सय अंकमा पुगिसकेको नेप्से परिसूचक २ हजार ६ सय नजिक झरिसकेको थियो । बजार घटबढको प्रक्रिया भए पनि लगातार धेरै घट्दा लगानीकर्ताहरु आत्तिएका थिए ।

केही लगानीकर्ताहरु बजारका विषयमा नकरात्मक नीति बनाएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलन समेत गरिरहेका छन् ।

त्यस्तै दिनभरमा भएका ७२ हजार ७१४ कारोबारबाट १ रोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ पुगिसकेको छ । बजार उच्च अंकले बढ्दा एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : 22 September, 2021

प्रतिक्रिया दिनुहोस्