बेसक्याम्‍पमा ‘फेसन शो’– नेदरल्याण्डी राजकुमारी र इटालीका राजकुमार सहभागी

सहयात्रा टिभी

काठमाडौं । असोज ६, सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’ हुने भएको छ ।

उक्त फेसन शोमा नेदरल्याण्डी राजकुमारी र इटालीका राजकुमार सहभागी हुने बाताईएको छ।

बेसक्याम्पमा बिहीबार हुने फेशन सो हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

विश्‍वका १३ देशका अन्तर्राष्‍ट्रिय मोडलहरूले उक्त सोमा सहभागी जनाउने छन् । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । सोही फेसन शो मा क्याप्टेन विजय लामाले वार्क र्‍याम्प गर्ने भएका छन् ।

कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्म्सले फेसन शोको आयोजना गरेको हो । सहयोगी संस्थाहरू नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएइ बैंक, चिभास, द सोल्टी काठमाडौँ र इन्टरनेशनल सेरीकल्चर कमिसन लगायतका अन्य संस्था छन् । एजेन्सीको साथमा ।

 

प्रकाशित : 22 September, 2021

प्रतिक्रिया दिनुहोस्