केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एचआईडिसिएलको अवितरित हकप्रद शेयर लिलामीमा

सहयात्रा टिभी

काठमाडौंं । असोज ७, हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर विक्री लिलामीमा ल्याएको छ ।

कम्पनीले यस अघि वितरण हुन नसकेको संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो ।

यो शेयरको न्यूनतम मूल्य रू १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

अधिकतम कित्ताका लागि कुनै हद तोकिएको छैन् । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्