केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सहयात्रा टिभी

काठमाडौं । असोज ७, न्यादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानियमा आईपीओ बाँडफाँट गरेको छ ।

त्यस्तै कम्पनीले भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिशेयर रू १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो ।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गरेको थियो ।

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्