ओस्कार अवार्ड बहिस्कार गर्नेः मार्लोन ब्राण्डो

काठमाडौं । असोज ७, ४५ औँ ओस्कार अवार्डको कार्यक्रम मार्च २७, १९७३ मा हुँदै थियो।
सो वर्षको उत्कृष्ट अभिनेताको अवार्डका लागि स्लेथबाट माइकल केन र लोरेन्स ओलिभर, द रुलिङ क्लासबाट पिटर ओ टुल, साउण्डरबाट पाउल विनफिल्ड र द गड फादरबाट मार्लोन ब्राण्डो रहेका थिए ।
उत्कृष्ट अभिनेताको अवार्ड पाउने व्यक्ति भनेर मार्लोन ब्राण्डोको नाम लिइयो। मारियो पुजोको उपन्यासमा आधारित रहेर फ्रान्सिस फोर्ड कोपोलाको निर्देशन गरेको द गडफादरमा मार्लोनले इटालियन माफिया परिवारको मुख्य व्यक्ति भिटो कार्लियोनीको भूमिका निर्वाह गरेका थिए।
त्यस्तै मार्लोन उक्त समारोहमा उपस्थित थिएनन्। उत्कृष्ट अभिनेता मार्लोन ब्राण्डो भनेर नाम उच्चारण भइसकेपछि अभिनेत्री तथा मोडल ससिन लिटिलफिदर मञ्चमा उक्लिइन्। जसलाई मार्लोनले आफ्नो प्रतिनिधिको रुपमा पठाएका थिए।
उत्कृष्ट अभिनेताको नाम पढेका पाहुना होस्टले अवार्ड लिटिलफिदरतिर अघि सारे तर, उनले उक्त अवार्ड लिन मानिनन्। बरु आफैले एउटा चिठी निकालिन जुन मार्लोनले दिएर पठाएका थिए। मार्लोनले पठाएको पन्ध्र पेज लामो चिठी पढ्नको लागि समय थिएन।
लिटिलफिदरले यति भनिन् मार्लोन यो अवार्ड लिन चाहँदैनन्। उनले भनिन्, “अनि यसको कारण हो अमेरिकन इण्डियनलाई यो उद्योगले गर्ने व्यवहार।” अमेरिकी फिल्म तथा टेलिभिजनमा अन्य देशबाट आएर अमेरिकी बनेकाहरुलाई जस्तो चित्रण गरिन्थ्यो मार्लोनलाई त्यसमा आपत्ती थियो। फिल्ममा अमेरिकी भारतीयहरुको चरित्र हत्या गरिएको भन्दै मार्लोनले ओस्कार बहिस्कार गरेका थिए। पछि मार्लोनले लेखेको पन्ध्र पेज लामो चिठी पनि पत्रिकामा छापिएको थियो। एजेन्सीको सहयोगमा ।