विष्णु माझीको दशैं–तिहार गीत सार्वजनिक

काठमाडौं । असोज ७, सांगीतिक बजारमा विष्णु माझी एक रहस्यले भरिएकी लोकगायिका हुन् ।
उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । विष्णु माझीका एकपछि अर्को माधुर्य गीतहरू सार्वजनिक भैरहेका छन् ।
उनको गीतमा यतिधेरै माधुर्यता र मोहनी लगाउने क्षमता हुँदैन थियो भने सायद गुप्तवास बसे पनि उनको यतिधेरै सोधीखोजी हुँदैनथ्यो होला ।
तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ ।
हेरौं गीतको भिडियोः