केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ज्योति लाईफ इन्स्योरेन्स आजबाट पाँचौ वर्षमा प्रवेश

सहयात्रा टिभी

काठमाडौं । असोज ८, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको छ ।

२०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस ज्योति लाईफ आजबाट चौथो वर्ष सफलताका साथ पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको हो ।

त्यस्तै चार वर्षको अवधिमा कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजालबाट सेवा प्रवाह, सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी, विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी, कुल रु.७ अर्ब लगानीका साथै आर्थिक वर्ष २०७७/७८ मा ३.१० अर्ब रुपैयाँ कुल बीमा शुल्क सहित हाल सम्म ६.९० अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

 

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्