केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यी कम्पनीहरुको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । असोज ८, भदौ ३१ गतेदेखि लिलामीमा आएको दुई वाणिज्य बैंक सहितका चार कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन रहेको छ ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लिको स्वामित्वमा रहेको प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको १ लाख कित्ता संस्थापक शेयर असोज ८ गतेसम्मका लागि लिलामीमा आएको हो ।

त्यस्तै प्रभु बैंकको शेयरको मूल्य प्रतिकित्ता रू २०५, नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू ४२१, नेपाल ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता रू ४०० र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता रू २०८ तोकिएको छ ।

यी शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यी कम्पनीहरुको शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा भदौ ३१ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको बताईएको छ ।

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्